प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो १८ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको २४ औं बैठकको निर्णयअनुसार उक्त सभा जेठ २६ गते आम्रपाली व्याङक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्ने भएको हो । 

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशतको नगद लाभांश पारित गर्ने भएको हो । साथै, उक्त सभा प्रयोजनका लागि जेठ १६ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) हुने भएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा जेठ १५ गतेसम्म कारोबार भई शेयरधनी किताबमा कायम शेयरधनीहरूले उक्त सभामा भाग लिन सक्नेछन् ।