बीमा प्रोडक्ट

युवादेखि वृद्धवृद्धासम्मलाई लक्षित मेटलाइफको ‘डबल प्रोटेक्सन प्लस’

१८ देखि ६५ वर्ष उमेर समूहका  लागि उपयुक्त प्रोडक्ट ‘डबल प्रोटेक्सन प्लस’


मेट लाइफले सुरुवातबाट नै नयाँ नयाँ प्रडक्टहरु ल्याइरहेको छ । त्यसैबीच हामीले ल्याएको डबल प्रोटेक्सन पल्सले आर्थिक सुरक्षा साथै विभिन्न सुविधा दिन्छ ।  डबल प्रोटेक्सन प्लस योजनाले ग्राहकलाई डबल बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्पहरू, र आकर्षक दीर्घकालीन बचत सुविधाहरू प्रदान गर्छ ।

यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ र ७५ वर्षसम्मको बीमा सुरक्षा सुनिश्चित गर्दछ । ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी वा केवल ५ वा १० वर्षको सीमित अवधिको प्रिमियम भुक्तानी विकल्प रोज्न सक्छन् । नयाँ प्रोडक्ट भन्ने बित्तिकै नयाँ फिचरहरू समावेश हुनैपर्छ । अहिले बीमा बजारमा हेर्ने हो भने ६० वर्ष माथिको लागि कुनै पनि प्रोडक्टहरु छैन।

जसको लागि यो प्रोडक्टह एकदमै उपयुक्त हुन्छ । यो प्रोडक्ट ६५ वर्षसम्मको उमेरले लिन सक्नुहुन्छ । यसमा हामीले बुस्टर फण्ड भन्ने योजना ल्याएका छौँ । जसमा कम्पनीमा लगानी अनुसारले दिइन्छ । बीमितले हरेक वर्ष यो प्राप्त गर्न सक्नुहुन्छ र यसमा समयावधि पूरा नहुन्जेलसम्म कम्पनीमा जोडिनुहुन्छ भने पनि पाउनुहुन्छ । अर्को छ लोयल्टी बोनस जुन ५-५ वर्षको अन्तरालमा दिन्छौँ । 

यसको मुख्य विशेषता भनेको ६० वर्षमाथिको वर्गको लागि कुनै पनि पोलिसी थिएन । त्यही समस्या समाधानका लागि हामीले धेरै छलफल पछि यो प्रोडक्टको लागि काम सुरु गरेका हौँ । बजारमा जीवन बीमाको कुरा गर्ने हो भने लगभग ९० प्रतिशत दाबी भुक्तानी गरेको हुन्छ । बीमा कम्पनीहरूले केही नीति अनुसार सबै दाबी भुक्तानी गरेका छन् । बीमा सुरुवात भएको धेरै नै भइसक्यो । अहिले अवस्थामा झनै बीमाको धेरै नै महत्त्वपूर्ण भूमिका छ । जीवन बीमाको हकमा मृत्युपछिको लाभ छँदैछन् । तर, बीमा त्यस्तो प्रोडक्ट हो जसले भविष्यमा आइपर्ने जोखिमको निराकरणको लागि अहम् भूमिका खेल्ने गर्छ । बीमा एउटा बचत पनि हो जसको कारण पोलिसी समयावधि सकिएपछि फिर्ता हुन्छ । बीमा जीवनमा नभई नहुने कुरा हो ।

जीवन बीमाको एउटा महत्त्वपूर्ण पक्ष भनेको जति सानो उमेरमा बीमा गरियो त्यति नै प्रिमियम कम पर्न जान्छ । मेट लाइफको आगामी दिनमा मुख्य उद्देश्य उत्कृष्ट पोलिसी प्रदान गर्नु हो । सबै ग्राहकलाई विभिन्न नयाँ-नयाँ प्रोडक्टहरुबाट बीमामा आबद्ध गराउनु हो।