नेको इन्स्योरेन्सको अवितरित हकप्रद बाँडफाँडमा नपरेको शेयर रकम आजबाट फिर्ता हुने


काठमाडौ– नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ देखि २१ गतेसम्म लिलाम बिक्रीमा ल्याएको संस्थापक समूहको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी आज जेठ ७ गतेबाट आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकमान्तर गरिने जनाएको छ ।

कम्पनीले प्रत्तिकित्ता न्यूनतम मूल्य १ सय रुपियाँमा संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता बिक्रीमा ल्याएको थियो । बिक्री अवधिभर परेका गोप्य शिलबन्दी वैशाख २६ गते खोली जेठ ६ गते बाँडफाँट गरिएको हो ।

सर्वसाधारण तर्फ बाँडफाडको अन्तिम मुल्य रु ६९७.७८ रहेको र उक्त मुल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । उक्त नतिजा बिक्री प्रबन्धकको वेभसाइटबाट हेर्न पनि सकिनेछ ।