एनएलजी इन्स्योरेन्सले बोलायो १९ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले १९ औँ वार्षिक साधारण सभामा बोलाएको छ ।  कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको ४७६ औँ बैठकको निर्णयअनुसार उक्त सभा जेठ २९ गते आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे बस्ने भएको हो । 

उक्त सभा मार्फत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९ सय रुपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ नगद लाभांश  वितरण गर्ने भएको छ ।

साथै, कम्पनीले उक्त सभा प्रयोजनको लागि जेठ २२ गते शेयरधनी दाखिला खारेज (बुक क्लोज) गर्ने भएको हो ।