काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लेखापरीक्षण समितिको पुर्नगठन गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको १३९ औं बैंठकको निर्णय अनुसार कम्पनीले लेखा परीक्षण पुर्नगठन गर्ने निर्णय गरेको हो ।
कम्पनीको लेखापरीक्षण समितिको संयोजकमा स्नेहा शर्मा, सञ्चालक सदस्याहरुमा अनिल कुमार खनाल र ससांक अग्रवाल र सदस्य सचिवमा प्रमुख आन्तरिक लेखापरीक्षण विभागका रोशन पौडेल रहेका छन् । कम्पनीले गरेको उक्त निर्णय वैशाख १९ गते देखि लागू हुने छ ।





About Us
प्रतिक्रिया