काठमाडौ – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त विवरणअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको शेयर पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ रहेको छ ।
गत वर्षको यसै अवधिसम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा ८.४९ प्रतिशतले खुद नाफा बढेको हो। यस्तै कम्पनीको जीवन बीमाकोषको आकार पनि ६१ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ७३ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १२ अर्ब २ करोड ३० लाख रुपैयाँबाट बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी पनि १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबाट बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको खर्च पनि १६ अर्ब २६ करोड रुपैयाँबाट बढेर १७ अर्ब १४ करोड रुपैयाँ नाघेको छ।
चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४७ करोड रुपैयाँ र जगेडा कोषमा करीब १ अर्ब १० करोड रुपैयाँ रहेको छ।





About Us
प्रतिक्रिया