काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म १०.४९ प्रतिशतले नाफा बढाएकाे छ। समिक्षा अवधिमा कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवमा कम्पनीको मुनाफा ३३ करोड १५ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १५.६५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ३३ लाख छ भने कुल आम्दानी १७.१४ प्रतिशत बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १.२८ रुपैयाँले घटेर ९.७७ रुपैयाँ रहेकाे छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२.६७ रुपैयाँ रहेको छ ।
५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९८ लाख रुपैयाँ , रिटेन्ड अर्निङमा ४२ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।





About Us
प्रतिक्रिया