प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश प्रस्ताव


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुलाई ८.४२१ प्रतिशतका दरले लाभांश बाँड्ने प्रस्ताव गरेको छ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको नगद लाभांश ०.४२१ र बोनस शेयर ८ प्रतिशतका दरले वितरण गर्ने प्रस्ताव गरेको हाे ।

कम्पनीको वैशाख १७ गते सम्पन्न सञ्चालक समितिको २३ औं बैठकबाट उक्त निर्णय भएको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति गरेपछि कम्पनीको आगामी साधारण सभामा पेस हुनेछ।