प्रभु इन्स्योरेन्स द्वारा कर्मचारी माग, १५ दिनभित्र आवेदन दिनु पर्ने



काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड अकाउन्टेन्ट पदका लागि दुई जना कर्मचारी र अफिसर, सिनियर अफिसररए।एम।रडी।एम। पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो

चार्टर्ड अकाउन्टेन्ट पदका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने एनएफआरएस–१७ मा ज्ञान र नीति–नियमअनुसार कार्य गर्न सक्ने क्षमता चाहिने कम्पनीले उल्लेख गरेको छ।

अफिसर, सिनियर अफिसर, ए।एम। वा डी।एम। पदका लागि कम्तीमा स्नातक तह पास गरेको हुनु पर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान, ग्राहकसँग सरल व्यवहार गर्न सक्ने र योजनाबद्ध रूपमा काम गर्न सक्ने क्षमतायुक्त उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

इच्छुक र योग्य उम्मेदवारहरूले बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटोसहित अबको १५ दिनभित्र आवेदन दिनु पर्नेछ।