काठमाडाैं – गोर्खाज फाइनान्स वित्तिय संस्थाकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपक न्यौपाने नियुक्त भएका छन् । गोखार्ज फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले का.मु. प्रमुख कार्यकारी अधिकृतमा अर्काे व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई जिम्मेवारी दिएको हाे ।
वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि न्यौपानेलाई जिम्मेवारी दिएकाे । न्यौपानेको कार्यकाल २०८२ बैंशाख १ गते देखि सुरु हुनेछ ।





About Us
प्रतिक्रिया