काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन् । राजावादी समूहका तर्फबाट १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।






About Us
प्रतिक्रिया