काठमाडौं – मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
योसँगै प्रतितोला छापावाल सुनको मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी १८ सय ३० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया