काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालनाडा र हालै गठन भएको नयाँ संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसननाइमा’ ले आँफूहरु नेपालको अटोमोबाइल क्षेत्रको विकासमा एकताबद्ध भएर लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्नेछ ।
अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवद्र्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय रहँदै आएको छ।
अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन नाईमा भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् ।
यसैबीच हालै स्थापना भएको नाइमाले आउँदो वैशाख ४ गते आफ्नो औपचारिक शुभारम्भ गर्ने भएको छ। सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्ने बताईएको छ।
यसअघि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) भित्रको आन्तरिक विवादले गाडी आयातकर्ता व्यवसायीहरुले छुट्टै संस्था नाइमा स्थापना गरेका हुन्। नाडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ। नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवद्र्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सँधै सक्रिय रहँदै आएको छ।
अर्कोतर्फ नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरस एशोसिएसन नाईमा ले मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको दाबी गरेको छ। यसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताहरुले प्रतिनिधित्व गर्छन्।
हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाइमाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएको भन्दै नाडा र नाइमा दुबै संस्थाको स्वतन्त्र सह अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुबै संस्थाले विश्वास गर्ने उल्लेख गरेका छन्।
प्रतिक्रिया