सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम१६ फाइभजी

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम१६ फाइभजी


काठमाडौं – सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ।

ग्यालेक्सी एम१६ फाइभजी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइनसहितको ग्यालेक्सी एम१६ फाइभजी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो र यसमा सेग्मेन्ट(अग्रणी एफएचडीं सुपर एमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको छ भनी सामसङ नेपाल का निर्देशक प्रणय रत्न स्थापितले बताए।

मोन्सटर डिस्प्ले

ग्यालेक्सी एम१६ फाइभजीमा ६।७ इन्चको एफएचडीं सुपर एमोलेड डिस्प्ले दिइएको छ, जसले भाइब्रान्ट कलर र क्लियारिटी दिन्छ। यसको एडेप्टिभ हाई ब्राइटनेस मोडले घाममा पनि सजिलै कन्टेन्ट हेर्न मिल्ने सुविधा दिन्छ – जेन जी र मिलेनियलका लागि एकदम उपयुक्त।

मोन्सटर डिजाइन

नयाँ लिनियर ग्रुप क्यामेरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन, र ७।९एमएम स्लिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। तीन रंगमा उपलब्धस् ब्लस पिंक, मिन्ट ग्रीन र थन्डर ब्ल्याक।

मोन्सटर परफरमेन्स एन्ड कनेक्टिभिटी
ग्यालेक्सी एम१६ फाइभजीमा मिडियाटेक डाइमेनसिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा स्पिड र इफिसेन्सी सुनिश्चित गर्छ।

मोन्सटर क्यामेरा
५० एमपी को मुख्य क्यामेरा, ५ एमपी को अल्ट्रा(वाइड, २ एमपी को म्याक्रो क्यामेरा र १३ एमपी को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ।

मोन्सटर ब्याट्री
५०००एएएचको ब्याट्री र द्दछध् को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज(वाचिंग गर्न मिल्छ।

मोन्सटर ग्यालेक्सी एक्सपेरियन्स
सामसङ ले ग्यालेक्सी एम१६ फाइभजी मार्फत ६ वर्षको ओएस अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली र भ्वाइस फोकस जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।

मूल्य र उपलब्धता
सामसङ ग्यालेक्सी एम१६ फाइभजी नेपालभरका सामसङ को आधिकारिक स्टोरहरूमा उपलब्ध छ। उपलब्ध रंगस् ब्ल्याक, लाइट ग्रीन, र लाइट पिंक।

डिभाइस र्‍यामरस्टोरेज रंग मूल्य
ग्यालेक्सी एम१६ फाइभजी ६जिबीर१२८ जिबी ब्ल्याक, लाइट ग्रीन, लाइट पिंक २६ हजार ९९९ रुपैयाँ

सुविधाजनक ईएमआई सुविधा
सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत, हुलास फिनसर्भबाट मात्र नागरिकताकै आधारमा न्यूनतम १ हजार ३५० रुपैयाँ प्रति महिनाको ईएमआईमा फोन खरिद गर्न सकिन्छ। साथै पुराना फोन साटेर ग्यालेक्सी एम१६ फाइभजी किन्न सबकोफोन र अर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सकिन्छ।