काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। युरोपियन युरो एकको खरिददर १५०.३९ रुपैयाँ र बिक्रीदर १५१.०५ रुपैयाँ रहेको छ । त्यस्तै सार्वजनिक दरअनुसार एक अमेरिकी डलरको खरिददर १३६.०८ रुपैयाँ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ।
युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.८४ रुपैयाँ र बिक्रीदर १७७.६२ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६०.२४ रुपैयाँ र बिक्रीदर १६०.९४ रुपैयाँ कायम भएको छ।
जापानी येन १० को खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८२.५२ रुपैयाँ र बिक्रीदर ८२.८८ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९५.७९ रुपैयाँ र बिक्रीदर ९६.२२ रुपैयाँ छ भने सिङ्गापुर डलर एकको खरिददर १०१.४७ रुपैयाँ र बिक्रीदर १०१.९१ रुपैयाँ निर्धारण गरिएको छ।
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

प्रतिक्रिया