काठमाडौं – नेपाली बजारमा आज अर्थात् सुन कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य केही घटेको छ । आज सुन तोलामा १९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा सुनको मूल्य १९ सय घटेको हो ।
आज १९ सयले घटेको छापावाल सुनको १ लाख ७४ हजार ५०० रुपैयाँ तोलामा कारोबार भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया