काठमाडौं – ‘नेपाल पेमेन्ट सेक्युरिटी समिट २०२५’ सम्पन्न भएको छ । आइमार्क र फ्युचर एक्सको सहकार्यमा १ दिने समिट गत शुक्रबार काठमाडौंको अलफ्ट होटलमा सम्पन्न भएको हो ।
पछिल्लो चरण बैंकिङ्ग प्रणाली डिजिटलतर्फ लागिरहेको छ । यो समयमा कारोबार गर्ने तरिका, डेटा सुरक्षित गर्ने उपायहरू र प्रविधिलाई परिवर्तनशील रूपमा प्रयोग गर्ने तरिकाका विषय उक्त समिटमा समेटिएका थिए ।
विश्वभर सुरक्षित तथा सहज वित्तीय प्रणाली निर्माण गर्ने उद्धेश्यले यो समिटको आयोजना गरिएको आयोजक संस्थाहरुले बताए । सो कार्यक्रममा तिनवटा सत्रमा छलफल भएको थियो । पहिलो बैंकिङ्ग प्रविधि र साइबर सुरक्षा प्रवृत्ति चुनौतीहरू र केस स्टडी, दोस्रो एचएसएम एकीकरण र भुक्तानी सुरक्षा र तेस्रो सत्रमा बैंकिङ्ग चुनौतीहरूको बारेमा छलफल भएको थियो ।
फ्युचर एक्सका उपाध्यक्ष रुचिन कुमारले हाल प्रविधिमा भएको विकासले डेटाको सुरक्षा, सुरक्षित पहुँच र व्यवस्थापनमा केही जटिलता सिर्जना भएको बताए ।







About Us
प्रतिक्रिया