छ्याङदी हाइड्रोपावरको सञ्चालकमा मालाकार नियुक्त


काठमाडौं – छ्याङदी हाइड्रोपावर लिमिटेड कम्पनीको सञ्चालकमा सुर्य नारायण मालाकार नियुक्त भएका छन् । कम्पनीले पद–१ रिक्त रहेकोमा सो पदमा मालाकारलाई नियुक्त गरेको हो ।

कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको १०९ औं बैंठकको निर्णयअनुसार मालाकारलाई सो पदमा नियुक्त गरेको सचिव रमेश कुमार थापाले जानकारी दिएका छन् ।