एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजीनामा स्वीकृत

एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजीनामा स्वीकृत


काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेश प्रसाद खत्री दिएको राजीनामा स्वीकृत भएको छ । खत्रीले सञ्चालक समितिको सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

खत्रीले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएका हुन् । कम्पनीको चैत १७ गते बसेको ४७३ औं बैंठकबाट १७ गतेदेखि नै लागुहुने गरी सञ्चालक खत्रीको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।