काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहले शाहले आफ्नो धारणा राख्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गर्दै यसमा शाहले आधिकारिक धारणा राख्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले सो घटनामा आबद्ध कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्,‘ यस घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुन्न हुन्न। पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न । फेरि राज बन्छु व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ।’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरेका छन् । सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरेका थिए ।



About Us
प्रतिक्रिया