काठमाडौं – नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजन लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ७.५० प्रतिशतपछिको शेयरमूल्य ६१७ दशमलव ९६ रुपैयाँमा समायोजन भएको छ । इन्स्योरेन्सको अन्तिम कारोबार ६६४ दशमलव ३१ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।
कम्पनीले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।






About Us
प्रतिक्रिया