विश्व तेक्वान्दो भर्सेस कोम्ब्याट तेक्वान्दोः रिक शिनको कानूनी लडाईले फेर्न सक्छ तेक्वान्दोको भविष्य


काठमाडौं – कोम्ब्याट तेक्वान्दोका अध्यक्ष रिक डब्लु शिनले विश्व तेक्वान्दो (डब्लु टी)माथि कानूनी उपचार अघि सारेका छन् । शिनले कानूनी सूचना जारी गर्दै विश्व तेक्वान्दोले अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन गरेको आरोप लगाएका हुन् ।

जसमा शिनले अन्तर्राष्ट्रिय खेल कानूनको घोर उल्लंघन गरेको र एथ्लेट्स, प्रशिक्षक र खेल अधिकारीलाई सो संस्थाले कालोसूचीमा राख्न थालेको र यो काम तत्काल रोक्न भनेको छ । यो गैह्रकानूनी अभियान भएकाले तत्काल रोक्न शिनको माग छ ।

सो सूचनामा विश्व तेक्वान्दोले भेदभाव गरेको, प्रतिस्पर्धा विरोधी प्रणाली विकास गर्न चाहेको बताइएको छ । यसले विश्वव्यापीरुपमा तेक्वान्दोको मौलिक अधिकार खतरामा पर्ने शिनको भनाई छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा यो कानूनी लडाई तेक्वान्दो क्षेत्रमा एक महत्वपूर्ण मोड साबित हुन सक्ने बताइएको छ ।

यस कानूनी लडाईबाट विश्व तेक्वान्दोको एकाधिकार समाप्त हुने गरी चूनौती अघि आएको बताइएको छ । कोम्ब्याट तेक्वान्दोका अध्यक्षले जारी गरेको सूचनाअनुसार विश्व तेक्वान्दोले कानूनविपरित खेलाडीलाई कालोसूचीमा राखेको, प्रतिस्पर्धात्मक कानूनी व्यवस्थामा आक्रमण, निष्पक्षता बिर्सेको लगायत आरोप लगाएका छन् ।

यसबाहेक, निष्पक्ष व्यापार र प्रतिस्पर्धात्मक नियम उल्लंघन गरेको र जबरजस्ती र धम्की दिएको बताइएको छ ।