बैकिङ्ग समाचार ।
एनआइसी एशिया लघुवित्तले बुधबारदेखि निष्काशन गरेको आईपिओमा दुई दिनमै एक अर्ब १२ करोड बराबरको आवेदन परेको छ ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार विहीबार साँझ ५ बजेसम्म एक लाख ९९ हजार आवेदकले एक करोड १२ लाख कित्ता शेयर माग गरेका छन् । दुई दिनमै लघुवित्तको आईपिओमा २.५२ गुणा आवेदन परेको छ।
लघुवित्तले सर्वसाधारका लागि ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो।
लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ।
लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले असार १४ गते आइतबारसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।






About Us
प्रतिक्रिया