बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त


काठमाडौं – नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । सरकारले बीमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो ।

पोखरेललाई आज चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो । बीमा ऐन २०७९ अन्तर्गत महिला सञ्चालकको व्यवस्था गरिएको थियो, जसको आधारमा उनलाई यो नियुक्ति दिइएको जनाइएको छ।

बीमा ऐन २०७९ अनुसार प्राधिकरणको सञ्चालकमा १ जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था छ । सोही अनुरूप पोखरेल नियुक्त भएकी हुन् ।