साताको सुन कारोबार: प्रतितोला ४६ सय रुपैयाँले बढ्यो मूल्य 

साताको सुन कारोबार: प्रतितोला ४६ सय रुपैयाँले बढ्यो मूल्य 


काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखियो। साताको सुरुमा सामान्य वृद्धि भएपनि मध्यमा केही गिरावट आयो। तर, अन्त्यमा सुनको मूल्यले नयाँ रेकर्ड तोड्यो। विशेष गरी, बुधबारदेखि सुनको मूल्यमा तीव्र वृद्धि देखियो। बिहीबार फागुन पूर्णिमाका कारण कारोबार रोकिए पनि शुक्रबार मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुग्याे ।

यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य बढेको थियो । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको आइतबार प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि सोही मूल्य अर्थात् १ सय रुपैयाँले नै बढ्यो । त्यसदिन प्रतितोला छापावाल सुन १ लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भयो । आइतबार र सोमबार सामान्य बढेको सुनको मूल्य मंगलबार प्रतिोला  पाँच सय रुपैयाँ घट्यो ।

त्यसदिन सुन प्रतितोला  एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भयो । मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार  प्रतितोला ६ सय रुपैयाँ बढ्यो। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, लगातार बढिरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुग्यो ।  यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुग्याे । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रुपैयाँ बढी हो।

यो साताको पहिलो कारोबारको दिन एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुग्यो । समग्रमा यो साता सुनको मूल्यमा ४६ सय रुपैयाँको मूल्य वृद्धि देखिएको छ।