काठमाडाैं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट टिका निधि लोहनीले राजीनामा दिएका छन् । लोहनीले आफ्नो व्यक्तिगत कारण खुलाई राजीनामा दिएका हुन् ।
फागुन २८ गते बसेको सञ्चालक समितिको ५१४ औं बैठको निर्णय अनुसार लोहनीले सो पदबाट राजीनामा दिएका हुन्। फागुन २९ देखि सो निर्णय स्वीकृत भएको छ ।
सोही बैठकले २०८२ वैशाख १ गतेदेखि लागु हुने गरी सन्तोष कुमार घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ ।
साथै, सीईओको पदस्थापन नभएसम्मका लागि कम्पनीले नायव महाप्रबन्धक विनोद राज पौडेललाई चैत १ गते (आज) देखि लागू हुनेगरी कायममुकायम सीईओ पदको जिम्मेवारी दिएकाे छ ।






About Us
प्रतिक्रिया