बेष्ट फाइनान्स कम्पनीको सीईओमा घर्ती नियुक्त


काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनर सिंह घर्ती नियुक्त भएका छन् ।

कम्पनी सञ्चालन समितिको फागुन २६ गते बसेको ६०२ औँ बैठकको निर्णयअनुसार घर्ती सीईओमा नियुक्त भएका हुन् । सीईओ घर्तीको कार्यकाल आगामी ४ वर्षको हुनेछ ।