ललितपुर – नेपालमा वित्तीय प्रविधिको नयाँ युगको शुरुआत गरेको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्टले आफ्नो २१ औं वार्षिक उत्सव पुल्चोक स्थित द प्लाजामा आयोजना गरेको छ । सन् २००४ मा स्थापित यस कम्पनीले दुई दशकदेखि नेपालमा वित्तीय प्रणालीलाई नयाँ दिशा दिएको छ ।
एफवान सफ्टले भुक्तानीका लागि लाइनमा बस्नु पर्ने बाध्यतालाई हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ अनलाइन भुक्तानी सुविधा ल्याएको हो । यसको नवीनतम सेवाले सर्वसाधारणको लागि वित्तीय सेवाहरू डिजिटल रूपमा पहुँच योग्य बनाएको कम्पनीको दाबी छ ।
यसले नेपालमा डिजिटल वित्तीय संसाधनको विकास गर्दै प्रयोगकर्ताहरूको वित्तीय कारोबार सहज बनाउनुको साथै जीवनस्तरमासमेत सुधार ल्याएको दाबी गरिएको छ। एफवान सफ्टको सहायक कम्पनीहरूले क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा र रेमिटेन्स सेवा प्रदान गर्दै वित्तीय पहुँचको नयाँ परिभाषा दिएको छ। यसले साना–ठूला सबै प्रकारका व्यापार, व्यावसायिक संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्दै नेपाललाई सशक्त बनाएको छ।
एफवान सफ्टको डिजिटल सेवाले नेपाली जनतालाई सहज वित्तीय पहुँच प्रदान गर्दै वित्तीय समावेशीकरणमा योगदान पुर्याएको छ, जसले गर्दा समाजमा वित्तीय समावेशीकरणको प्रक्रियालाई तीव्र बनाएको छ । साथै यस कम्पनीले १५०० भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गर्दै सशक्त बनाइ रहेको छ।

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले यस अवसरमा एफवान सफ्टले २१ वर्षमा प्रमुख बैंक र वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराएको बताएका छन् । उनले आगामी दिनमा नेपालको वित्तीय क्षेत्रलाई थप डिजिटलाइज गरेर नयाँ प्रविधिमा आधारित रणनीतिहरू अपनाउने योजना रहेको विषयमा पनि जोड दिएका छन्।
पुल्चोकस्थित कार्यक्रममै कम्पनीका अध्यक्ष ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गर्दै नयाँ अध्यक्षको रुपमा सिद्धान्त ठकुरी नियुक्तलाई नियुक्त गरेका छन्। यसअघि एफवान सफ्ट कम्पनीको ग्रुप प्रमुख संचालन अधिकृत रहेका ठकुरीले नयाँ दृष्टिकोणसहित कम्पनीलाई नयाँ दिशा दिने कुरा व्यक्त गरेका छन्।
सधैँ फिनटेकको माध्यमबाट नेपालको डिजिटल रुपान्तरणमा प्रतिवद्ध रहँदै आएको र यस प्रतिवद्धतालाई थप बलियो बनाउँदै ग्राहक, साझेदार, र सरोकारवालाहरुको विस्तारलाई थप उर्जा प्रदान गर्ने लक्ष्य रहेको पनि नयाँ अध्यक्ष ठकुरीले बताएका छन्।निवर्तमान अध्यक्ष ढकालले नयाँ नेतृत्वले कम्पनीलाई अझ ठूलो उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै नव अध्यक्षलाई सफल भविष्य तथा कार्यकालको शुभकामना दिए।






About Us
प्रतिक्रिया