१८ अर्ब बढीको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८ अर्ब रुपैयाँ बढीकाे ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले फागुन २७ गते १८ अर्ब ५० कराेड रूपैयाँकाे ट्रेजरीको नवीकरण गर्ने जनाएको हाे ।

कार्यालयले २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी पुनः जारी गर्ने भएकाे छ ।

कार्यालयका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ८ अर्ब ५० करोड रुपैयाँ र ३६४ दिने अर्थात् एक वर्षे ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन २६ गते सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।