काठमाडौं – अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल रग्बी संघको महिला विभागद्वारा आयोजित महिला पत्रकार र कमिटीबीचको मैत्रीपूर्ण खेल धुम्बाराहीस्थित कास्टमण्डप स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोविन्द घिमिरे, सदस्य भरत अर्याल, टेक्निकल प्रमुख विनोद तामाङ, हिमालयन ट्राइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लबका अध्यक्ष कृष्ण क्षेत्री, नेपाल रग्बी संघका कोषाध्यक्ष दिपक अधिकारी र खेलकुद पत्रकार मञ्चका प्रमुख निरञ्जन राजवंशीको आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

महिला विभाग प्रमुख एलिसा थापाको सभापतित्वमा कार्यक्रमको औपचारिक शुरुआत गरिएको थियो। उनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दै कार्यक्रमको औचित्यबारे जानकारी गराएकी थिइन्। प्रमुख अतिथिद्वारा शुभकामना मन्तव्यसहित बल हस्तान्तरण गरी खेलको औपचारिक सुरुआत गरिएको थियो।







About Us
प्रतिक्रिया