कठमाडौं – नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् । विशेष अदालतले आरोप पुष्टि हुन नसक्ने फैसला गरेसँगै उनले भष्ट्रचारको आरोपबाट सफाइ पाएका हुन् ।
गत मंसिर २४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि हुन नसक्ने फैसला गरेकाे हाे ।





About Us
प्रतिक्रिया