प्रोग्रेशिभ फाइनान्स ३०औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना


काठमाडाैं – प्रोग्रेशिभ फाइनान्स लिमिटेड २९औं वर्ष पूरा गरी फागुन १४ गतेबाट ३०औं वर्षमा प्रवेश भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले पाटन सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्टार हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन ले व्यवसायिक गतिविधिसँगै सामाजिक कार्यहरूमा पनि सक्रिय हुन पाउँदा खुशी व्यक्त गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले रक्तदान जस्तो महत्वपूर्ण कार्यमार्फत अमूल्य जीवन बचाउन सकिने उल्लेख गर्दै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाल २३ शाखा तथा ४ विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको प्रोग्रेशिभ फाइनान्स ले आधुनिक बैंकिङ्ग प्रविधिहरू जस्तै एटीएम, मोबाइल बैंकिङ्ग, ई-बैंकिङ्ग, आइपीएस, कनेक्ट आइपीएस, क्यूआर पेमेन्ट, सी-आस्वा र डी-म्याट सेवा उपलब्ध गराइरहेको छ । संस्थाले ग्राहक सेवालाई अझ प्रविधिमैत्री बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको व्यक्त गरेका छन्।