शिवम् सिमेन्ट अवार्ड फर कर्पोरेट एक्सिलेन्स-२०२४ म्यानुफ्याक्चरिङ क्याटागोरीबाट सम्मानित


काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरीबाट भएको छ । फागुन १३ गते काठमाडौंमा कर्पोरेट क्लबनेपालद्वारा आयोजित द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक बर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरी अवार्डबाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।