मदन दहालले निकाले प्राधिकरणको निवर्तमान अध्यक्षकारुपमा आफुले गरेका कामको सूची (सूचीसहित)


काठमाडौं – अर्थ मन्त्रालयका सहसचिव मदन दहालले नेपाल बीमा प्राधिकरणमा अध्यक्षको भूमिका निभाउँदा आफूले गरेका मुख्य क्रियाकलाप सार्वजनिक गरेका छन् । दहालले आज एक विज्ञप्ति जारी गर्दै आफूले अध्यक्षको भूमिका रहँदा गरेका मुख्य १९ वटा गतिविधहरूकाे जानकारी गराएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका थिए । सो पश्चात् प्राधिकरणको रिक्त पदका लागि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्न अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई अध्यक्षका रुपमा कामकाजको जिम्मेवारी तोकिदिएको थियो ।

यसअघि दाहाल नेपाल बीमा प्राधिकरणको सञ्चालनक समेत भएर काम गरिसकेका थिए । अर्थ मन्त्रालयका सह-सचिव दहाल बीमा प्राधिकरणमा अध्यक्षको रुपमा काम गर्दा विभिन्न कुरामा सुधार तथा निर्णयहरु भए ।

दहालले अध्यक्ष भूमिका रहँदा गरेका मुख्य क्रियाकलाप :