कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ्ग मार्फत् मुद्दती खाता खोल्न सकिने


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ्ग एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

अब बैंकमा भौतिक रुपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, के.एस.अब मोबाइल बैंकिङ्ग मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सकिनेछ ।

अब बैंकमा जानु पर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन्। के एस आइ मोबाइल बैंकिङ्ग मा लगइन गरी फिक्स डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिनेछ ।

बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।