बीमा प्राधिकरणको अध्यक्षमा तीन जना ‘सर्टलिस्टेड’, ओझा, पुडासैनी र बसौलामध्ये को बन्लान ?


काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्षका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो । सिफारिसमा पर्नेहरूमा शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौला रहेका छन् ।

आज साँझ पाँच बजे बस्ने मन्त्रिपरिषदको बैठकले ३ जनामध्ये १ जनालाई अध्यक्ष बनाउनेछ । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । गत शनिबार भएको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अर्न्तवार्ताका आधारमा धेरै अंक प्राप्त गर्ने ३ जना प्राधिकरण अध्यक्षको लागि सिफारिस भएका हुन् । ३ जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।