लमजुङमा भूकम्पको महसुस


लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। आज (सोमबार) बिहान ९ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्पमापन केन्द्रकाअनुसार ९ बजेर ११ मिनेटमा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।