त्रिशक्ति सेक्युरिटिज लिमिटेडको ललितपुर शाखा कार्यालय उद्घाटन


काठमाडौं – ग्राहक सेवा विस्तार र लगानिकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लि।ले आफ्नो ५औं शाखा कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा न. ०५, जावलाखेलमा आज एक विशेष कार्यक्रम गरी शुभारम्भ गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाे अध्यक्ष शोभाकान्त पौडेल रहेका थिए भने विशेष अतिथिमा ललितपुर म.ना.पा वडा.न. ०५ का वडा अध्यक्ष विकाश मान श्रेष्ठकाे उपस्थीति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिमा शोभाकान्त पौडेलले शेयरबजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानि गर्नु पर्ने बताउनुको साथै नेपालमा पूजिंबजारको धेरै सम्भाव्यता रहेको र क्रमश धेरै कुराहरुको बिकास भईरहेको समेत जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथी पौडेलले हाले पूँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको योगदान उल्लेखनिय रहेको बताउँदै, त्रिशक्ती सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई अझ सहजता दिने विश्वास व्यक्त गरे । बिशेष अतिथि वडा न.०५ का अध्यक्ष विकाश मान श्रेष्ठले कम्पनीको प्रगतीको शुभकामना दिदैं आवश्यक सहयोगको लागि तत्पर रहेको बताए।

कार्यक्रममा लगानिकर्ताहरुको तर्फबाट अतिथिको रुपमा रहेका दिपक रिमालज्यूले शेयरबजारको महत्व तथा औचित्यता माथि प्रकाश पारेका छन् ।कार्यक्रममा स्वागत मन्तब्य कम्पनीका मेनेजिङ्गी डाइरेक्टर गोविन्द दाहालले गरेका थिए, भने कार्यक्रममा दहालले सेवा विस्तारमार्फत् लगानीकर्ताको पहुँचलाई सहज तुल्याउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिए ।

कार्यक्रमको अध्यक्षता कम्पनीको संस्थापक अध्यक्ष टंक प्रसाद गौतमले गरेका थिए । कम्पनीले यस अघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरीक्त पोखरा, महेन्द्रनगर, हेटौडाबाट डिम्याट, टि.एम.एस.लगायतमा शेयर कारोवार सम्वन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।