काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आज बिहिबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आजदेखि निष्काशन गरेको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले आफ्नो चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । प्रतिशेयर १०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गरेको थियो। सो मितिसम्म कायम शेयरधनीहरुले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।





About Us
प्रतिक्रिया