शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरि संस्थापक शेयर बिक्री गर्दै प्रभु इन्स्योरेन्स



काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेड कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको छ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले निवेदन पेश नगरेमा अन्य व्यक्ति वा संस्थाहरूमा शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।