क्रेस्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओ बाँडफाँड



काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गरेको पहिलो चरणको आईपीओ फागुन ५ गते बाँडफाँड गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म पहिलो चरणको आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर ४७ हजार ५१६ जनाले आवेदन दिएका थिए जसमध्ये २२ हजार ५०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता पहिलो चरणको रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिएको हो।