एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको १३ भदौमा बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

११ फागुन २०७८ मा सम्पन्न साधारणसभाबाट कायम चुक्ता पूँजी २ अर्ब ६५ करोडको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

प्रस्तावित हकप्रद बीमा समिति र कम्पनीको आगामी वाषिर्क साधारणसभाबाट स्वीकृत भएपनि निष्कासन प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।