राजविराजमा रात्रिकालिन उडान थाल्दै बुद्ध एयर, आज उद्घाटन

राजविराजमा रात्रिकालिन उडान थाल्दै बुद्ध एयर, आज उद्घाटन


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि आजदेखि राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु भएको छ । यो प्रणालीले कम भिजिबिलिटी भएको अवस्था र रात्रिकालिन समयमा पनि अवतरण गर्न मिल्ने भएकाले आजदेखि रात्रिकालिन उडान सुरु भएको हो ।

आज सोमबार निजी क्षेत्रद्वारा प्रबद्र्धित बुद्ध एयरले रात्रिकालिन उडान सुरु गर्न थालेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बैंकिङ्ग समाचारलाई जानकारी दिए । यसका लागि प्राधिकरणले गत साताको शुक्रबार नै बुद्ध एयर र प्राधिकरणले प्रणालीको परिक्षण गरेकाको भुलले जानकारी दिए ।