बीमा कम्पनीका अध्यक्ष मर्जर समितिमा बस्न नपाउने

बीमा कम्पनीका अध्यक्ष मर्जर समितिमा बस्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

बीमा कम्पनीहरुको संयुक्त मर्जर समितिमा सञ्चालक समितिका अध्यक्ष बस्न नपाउने भएका छन् । बीमा समितिले गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने कम्पनीहरुको संयुक्त मर्जर समितिमा सम्बन्धित कम्पनीका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक समेत हुन नपाउने व्यवस्था गरेको हो ।

समितिले गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी एक परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो । उक्त समितिमा गाभ्ने गाभिने वा प्राप्ति ९एक्विजिशन० मा सम्बन्धित संस्थाका सञ्चालकहरुमध्येबाट कम्तीमा एकजना र बढीमा ३ जनासम्म सदस्य हुन सक्नेछन् ।

साथै, समितिका अनुसार कुनै विज्ञ व्यक्तिलाई आवश्यकतानुसार राय सझावको लागि उक्त समितिमा बोलाउन सकिनेछ ।

सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन प्राप्त गरेपछि संयुक्त मर्जर समितिले मूल्याङ्कन प्रतिवेदनमा सिफारिश गरिएको सेयर स्वाप अनुपातलाई यथावत स्वीकार गर्न सकिनेछ ।

समितिले कम्पनीहरु गाभ्ने गाभिने तथा प्राप्ति कार्य सम्पन्न गर्न समयबद्ध कार्यतालिका तयार गर्नुपर्ने जनाएको छ । जसमा कम्पनी गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ दफा ७ बमोजिम मूल्यांकनकर्ताको नियुक्ति मिति र विवरणसहित ऐन बमोजिम मूल्यांकन प्रतिवेदन पेश गर्ने मिति समेत उल्लेख गर्नुपर्छ ।

यससँगै, मर्जर समितिले बुझाएको संयुक्त मर्जर समितिको प्रतिवेदन उपर संचालक समितिको निर्णय हुने मितिसमेत उक्त विवरणमा पेश गर्नुपर्ने समितिले जनाएको छ ।

त्यस्तै, कार्यतालिकामा कम्पनी रजिष्ट्रार कार्यालयमा गाभिए पछिको कम्पनीको संयुक्त कारोबार शुरु गर्ने मिति समेत खुलाई समितिमा पेश गर्न उक्त परिपत्रमा भनिएको छ ।