बीमा कम्पनीहरुलाई मर्जरका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान, मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने

 बीमा कम्पनीहरुलाई मर्जरका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान, मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बीमा समितिले बीमा कम्पनीहरु मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने भएको छ । बीमा कम्पनीहरुलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो ।

बीमा समितिको कानुन तथा नियमक महाशाखाले सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै अब मर्जर भएका बीमा कम्पनीहरुको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ । गाभ्ने, गाभिने वा प्राप्तीका लागि सैदान्तिक सहमति लिगेका वा सैदान्तिक सहमति लिग्न इच्छुक कम्पनीहरुले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणको हुनेगरि निर्देशन जारी गरेको हो ।

गाभ्ने गाभिने प्रकृयापछि स्थापना हुने बीमा कम्पनीको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए अनुसार नै हुनुपर्ने छ । यो प्रावधानका कारण बीमा कम्पनीहरुले मर्जरको घोषणासँगै सैद्धान्तिक सहमति लिइ सकेपछि आफूखुशी मर्जर रद्ध गर्न नपाउने भएका छन् ।