नेपाल लाइफमा रोजगारीको अवसर

नेपाल लाइफमा रोजगारीको अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरूमा गतिशील, युवा, समर्पित र योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो । कम्पनीले वरिष्ठ अधिकारी तथा सहायक प्रबन्धक १ जना, वरिष्ठ सहायक तथा कनिष्ठ अधिकारी २ जना, अनुपालन तथा जोखिम इकाईका लागि केहि मात्रामा कर्मचारी माग गरेको हो ।

ती पदका लागि आवेदन दिन चाहने योग्य व्यक्तिले अनलाइन फारम भर्नुपर्ने र सम्बन्धित कागजातहरू (स्क्यान गरिएको प्रतिलिपि) संलग्न गर्नुपर्ने छ । इच्छुक व्यक्तिले कम्पनीको मानव संशाधन विभाग, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कर्पोरेट कार्यालय ( क्लासिक कम्प्लेक्स, कमलादी) मा कागजातहरू भौतिक रूपमा छोड्नु पर्नेछ ।

आवेदकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्रमा आवेदन दिन सक्नेछन् ।