नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनमा सामान्य बृद्धि

नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनमा सामान्य बृद्धि



काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१\८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा ७ करोड ४ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ८० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १९ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड २ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २ दशलमव ९६ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ५९ करोड ८८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५७ करोड ५ लाख रहेको छ । महाविपत्ती कोषमा १४ करोड ९१ लाख रहेको छ ।

समीक्षा वर्षमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३ दशलमव १२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।