बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा अवितरित लिलामी सेयरको बोलपत्र जेठ ५ गते बिहीबार बिहान १० बजेबाट खुला गरिने भएको छ ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडका अनुसार क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहान १० बजेबाट बोलपत्र खुला गरिने भएको हो ।
शिखरले वैशाख १९ गतेदेखि २७ गतेसम्म सर्वसाधारण समूह तर्फको ७७ हजार ७२० दशमलव ८८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको थियो ।
इन्स्योरेन्स कम्पनीले २०७८ फागुन १ गतेबाट चैत २१ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री गरेको थियो । सोही हकप्रदमा अवितरित सेयर लिलामीमा ल्याइएको थियो ।
प्रतिक्रिया