बैंकिङ्ग समाचार, विराटनगर ।
जीवन निर्वाहका लागि मानिसहरुले जस्तोसुकै परिश्रम पनि गरेको देखिन्छ । बढ्दो वेरोजगारीको अवस्थामा सबैलाई आफ्नो परिवारको लालनपालन र शिक्षा, स्वास्थ्यको लागि नगद जुटाउन मिहनेत गर्नै पर्छ । शहरबजार, हुनेखाने र सम्पन्न वर्गका लागि मात्रै होइछ भन्ने मानिसहरुले औंल्याएका छन । यहाँ हजारौं मानिसहरु दुई छाक टार्नकै लागि संघर्ष गरिरहेका छन् । राज्यले रोजगारीको वातावरण सिर्जना गर्न असक्षम बन्दै गइरहेको छ । युवा विदेशिने क्रम रोकिने अवस्थामै छैन । आफैले कुनै व्यापार, व्यवसाय गर्न ठूलो लगानी नभएका निम्न वर्गीय मानिसहरुका लागि यो मुलुकमा यती धेरै चुनौती छन कि सोच्नै सकिँदैन । काम पनि सजिलै नपाइने, सानो लगानीमा केही गर्न पनि नसकिने । यो कटु यथार्थभन्दा माथि उठेर विराटनगरका एक दम्पतीले गाईपालनबाटै मासिक लाखौं रकम आर्जेको बताउँछन।
विराटनगर, ४ इक्राई चोक नजिकै उनीहरुको एउटा सानो घर छ । घरै अगाडी ठुलो गोठ छ । गोठमा १० वटा गाई छन । श्रीमती लिला देवि यादव र उनका श्रीमान दिनभर गाईको स्याहार सम्भारमै व्यस्त हुन्छन । जीवन विकास लघुवित्त वित्तिय संस्थाबाट ऋण लिएर सानो लगानीमा गाई पालन सुरु गरेका उनीहरुले एकै दिनमा १०० लिटर भन्दा बढि दुध बेच्छन ।
अझ अचम्मको कुरा उनीहरुले दैनिक ३ ट्याक्टर गोबर पनि बेच्छन । उनीहरु भन्छन,‘गाईको गोबर जीवन विकासले नै किनिदिन्छ । दैनिक ३ ट्याक्टर गोबर बेच्छौँ । १ ट्याक्टर गोबरको एक हजार पर्छ । गोबरबाटै दैनिक ३ हजार कमाई हुन्छ । हिसाव गर्दा मासिक ९० हजार हुन्छ ।’
उनीहरुको आफ्नै डेरी पनि छ । सोही डेरीमा उनीहरुको दुध खपत हुन्छ । हालसालै खोलिएको डेरी विराटनगरको मध्य बजारमै पर्छ । अझ अचम्मको कुरा उनीहरुले दैनिक ३ ट्याक्टर गोबर पनि बेच्छन । उनीहरु भन्छन,‘गाईको गोबर जीवन विकासले नै किनिदिन्छ । दैनिक ३ ट्याक्टर गोबर बेच्छौँ । १ ट्याक्टर गोबरको एक हजार पर्छ । गोबरबाटै दैनिक ३ हजार कमाई हुन्छ । हिसाव गर्दा मासिक ९० हजार हुन्छ ।’
गाईपालनबाट राम्रो आम्दानी गरेका उनीहरुले विगतमा भैंसी पालन गरेको सुनाए । श्रीमती लिलादेवि भन्छिन, ‘पहिला हामीले जीवन विकासबाट १५ हजार ऋण लिएका थियौं । त्यसपछि गाईपालनमा लगानी गर्न थाल्यौं । अहिले मनग्य आम्दानी गरेका छौँ ।’
लिला देवि यादवको सुरुवाती पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर थियो । गाइपालन भन्दा पहिला उनीहरुले भैसी पाल्थे । जसोतसो गुजरा त चल्थ्यो । तर सदैव उनलाई भविश्यको चिन्ताले सताउँथ्यो । भविष्यलाई उज्यालो बनाउन त यसै हात बाँधेर त हुँदैन भन्ने उनको मनमा जाग्यो । पढाई लेखाई त थिएन तर गाउँमा लघुवित्त भन्ने उनले निकै सुनेकी थिइन । उनी भन्छिन, ‘बेला बेलामा हाम्रो गाउँमा लघुवित्तको समूह बस्थो । सर मेडमहरुले हामीलाई यसका फाईदाका बारेमा सिकाउनु हुन्थ्यो । त्यसपछि म पनि जीवन विकास लघुवित्तको यस केन्द्रमा पर्ने समुहको सदस्य बने र ऋण लिए ।
हातमा सीप अनि शिक्षा नभएकाले सजिलै काम गाह्रो हुँदो रहेछ । पैसा नहुँदा वरिपरी, छरछिमेक साथी, भाई र आफन्तबाट पनि सहयोग नपाइने । धनसम्पती बिना यो संसारमा बाँच्न कति गाह्रो भन्ने मैले राम्रोसँग बुझे ।’ अहिले उनको जिवनयापन अत्यन्तै सवल र सक्षम छ । घर वरीपरी घाँस लगाएकी छन उनले । त्यही घाँस गाईलाई बुढा–बुढी मिलेर काट्छन । गाईले पनि राम्रो दुध दिन्छन । गाईका साना–साना बाच्छा–बाच्छी पनि छन । गाईका बाच्छालाई मुर्सादै उनले भनिन, ‘मेरो परिश्रम देखेर मलाई आवश्यक परेको बेलामा जीवन विकास लघुवित्तले कर्जा दिएर ठुलो सहयोग गरेको छ ।
यसको लागि यस वित्तिय संस्थालाई धन्यवाद दिन्छु ।’ उनी आफुमात्र उद्यमी भएकी छैनन् घरका सबै सदस्यहरुलाई व्यस्त बनाएकी छिन । त्यहाँ नजिकै अन्य कुनै बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पनि छैन । अन्य वित्तिय संस्थाहरुको कुरा गर्दा उनीहरु जीवन विकास लुघुवित्त वित्तिय संस्था जस्तो सजिलो अरु कुनै नभएको जिकिर गर्छन। खासमा भन्ने हो भने उनीहरुले अन्य बैंकलाई विश्वासै गर्दैनन ।
त्यहाँ लघुवित्त दोस्रो वर्गको जनसमुदायलाई वित्तीय पहुँच मार्फत् सवल लघुवित्त सेवा प्रदान गर्ने संस्था बनेको छ । हुन त लघुवित्त संस्थाले त्यस्तै वर्गलाई आधार मानेर आफ्नो वित्तीय सेवा दिने हो । यद्यपी लघुवित्तको सानो कर्जाले जीवन निर्वाहमा र आर्थिक अवस्था सुधार गर्नका लागि अत्यन्तै सजिलो भएको उनीहरुको अनुभव छ ।
प्रतिक्रिया