प्रुडेन्सियल इन्स्योरेन्सको वैशाख ११ गतेको साधारण सभाबाट बोनस पारित हुँदै

प्रुडेन्सियल इन्स्योरेन्सको वैशाख ११ गतेको साधारण सभाबाट बोनस पारित हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रुडेन्सियल इन्स्योरेन्स को वैशाख ११ गते सम्पन्न हुने २० औं साधारण सभाबाट सेयरधनीलाई गत आव २०७७/७८बाट प्रस्तावितत लाभांश अनुमोदन हुँदैछ ।

कम्पनीले आव २०७७/७८ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्ने भएको छ ।

यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब, २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य प्रस्तावहरु पनि पेश हुनेछ ।

प्रुडेन्सियलले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गते बुकक्लोज गरिसकेको छ । बुकक्लोज अनुसार चैत २३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीको २० औं साधारण सभा वैशाख ११ गते दिउँसो १२ः३० बजेबाट दियालो लर्डस प्लाजा, वीरगञ्जमा आह्वान गरिएको छ ।